कलाका पुञ्ज ‘प्रकाश’ (तस्विरसहित)

भुवन थापा 'बहुवि'

भनिन्छ र्इच्छा शक्ति नै सर्व शक्ति । सुषुप्त अवस्थामा रहेको प्रवल चाहना र र्इच्छाको प्रस्फुटन गर्न अवसरको खोजीमा लाग्छ मान्छे । अनेकन बाधा अड्चनका बीच सफलता चुम्छ निरन्तरताको खोजीमा लाग्नेले एक दिन ।

रोल्पा जिल्लाको जाउली पोखरी, उमामा आमा परमकली पुन मगर तथा बुबा भिमसेन पुन मगरको दोश्रो सन्तानको रूपमा २०५१ साल पुस २० गतेका दिन जन्मेका  प्रकाश पुन मगर अफू ५ वर्षको छँदा बाबु बिते पछि उनको परिवारमा बज्रपातको शुरूवात । फेरि केही सालभित्रै आमाले पनि दोश्रो विवाह गरे पछि त प्रकाशका एक दिदी एक भार्इ र एक बहिनी बिचल्लीमा परे माउ बिनाका चाल्लाहरू जस्तै ।

दाङ घोराही स्थित चैघेरामा स्थार्इ बसोबास गर्ने फुपु देउरूपी पुन मगरको सम्रक्षणमा हुर्के, बढे पढेका प्रकाश दाजुभार्इ दिदी बहिनी सबैले । पढार्इमा तेज दिमाकका प्रकाशले ७४ प्रतिशत अंक ल्याएर एस.एल.सी २०६७ सालमा त २०७० सालमा बाह्र कक्षा पनि गरे सोही गोरख इन्टरनेश्नल पब्लिक सेकोन्डरी स्कूल, दाङ घोराहीबाटै ।

जिज्ञासु स्वभावका प्रकाश सानै उमेरदेखि अध्यात्मिकताले गाँजेको थियो उनलार्इ । आत्मा परात्माका विषय सन्दर्भसँग योग साधना तिर पनि झण्दै भासिए उनी । दाङ घोराहीका स्थानीय रूपमा चर्चित ‘पुन आर्ट’का प्रोपरार्इटर व्यवसायिक कलाकार कृष्ण पुन मगरको सामिप्यतामा कक्षा ७ पढ्दै  कलाका गतिविधिमा सामेल । कृष्ण दाजुलार्इ पहिलो कला गुरूको रूपमा मान्छन् प्रकाश । आफ्ना सम्पूर्ण र्इच्छा चाहनाको अवयवहरू ओकल्ने माध्यम नै कला भन्ठानेर विशेष गरी चित्रकला मूर्तिकलाको विषयमा उच्च शिक्षा अध्ययन गर्ने महा आकाँक्षाले भागेर आए कलाका महानगरी देश कै राजधानी काठमाडौं तिर ।

सोँचे जस्तो सरल कहाँ हुँदो रहेछर संसार । जटिलतामा फस्दै गए राजधानीको मानव सागरभित्र । उनले भेट्न खोजेको त्यो अमूर्त चाहनालार्इ भेट्नको निम्ति राजधानीको गल्ली गल्ली चाहरे भोकभोकै । कहिले बागबजारको सार्इन बोर्ड पसलको ढोका ढोका त कहिले टुक्टुक मूर्ति कुँद्ने पाटनको गल्ली गल्ली । काम गर्दै सिक्दै गर्ने अवसरको खोजीमा थिए उनी । एकदिन कलाकार नरबहादुर बिकेलार्इ भेटे डुल्ने क्रममा । बिके आर्ट ग्यालेरीमा निःशुल्क रूपमा कला सिक्न पाए तर यस वापत दिनभरी ग्यालेरी रूँघ्नु पर्ने शर्तमा । विधिको विडम्बना १  निःशुल्क कला सिक्न पाउनु खुशीको कुरा रहेन प्रकाशको लागि । काम गर्दा सिकियोस् काम गरे बापत पारिश्रमिक पनि पार्इयोस् भन्ने थियो उनको हकमा । प्रमुखतः गासबासका साथै आफू मूनिका भार्इ बहिनीको अविभावकको जिम्मेबारी काँधमा । राजधानीमा हातमुख जोर्नको लागि मार्केटिङको जागिर पनि भ्याए प्रकाशले काठमाडौंका गल्ली गल्ली, बस्ती बस्ती चाहारे । तर बोलेर पिठो बिकाउनु पर्ने जमानामा स्वभावैले कम बोल्ने प्रकाशले टिक्न सकेनन् यस पेशा प्रति ।

जहाँ र्इच्छा त्यहाँ उपाय, एकदिन काठमाडौंको छाउनीका मूर्तिकार विजय महर्जनलार्इ भेटे गडफादरको रूपमा । उनको स्टूडियोमा फार्इबरको मूर्ति ढलान गर्ने काम गरे केही वर्ष । यसै बीच अलपछलप हेरेर माटोमा मूर्ति बनाउने काममा पनि हात हाले दिनभरी मूर्तिको साँचो बनाउँने, फार्इबर ग्लास ९रेजिन०को मूर्ति ढाल्ने काम, रातभरी दिनभरी पुसारेको मूर्तिलार्इ सम्झेर माटोका नयाँ नयाँ मूर्तिहरू सिर्जना आफ्नै कोठामा ।

यसरी पनि एक चरणको निपुर्णता हाँसिल गरिसकेका छन् प्रकाशले । प्रयोगात्मक रूपमा त सफल भैसकेका छन् एक हिसाबले । सैध्दान्तिक रूपमा कला शिक्षाको जरूरी महशुस गरिरहेका उनी औपचारिक रूपमा सम्बन्धित विधाको अध्ययन नहुँदा सधैँ मज्दुरी गर्दा कलाकार (कालीकढ)को दर्जा कहिल्यै हात लाग्दैन कसैलार्इ ।

कलाका उच्च शिक्षा हाँसिल गर्न गाउँबाट भागेर अएका प्रकाश फसिए मज्दुरी कलामा । अहिले फरक ढंगले कलाकार्य गर्दै अर्इरहेका छन् प्रकाश छाउनी स्थित ‘बज्र क्याफे’का संचालक सचिन मानन्धरको साथमा ।

प्रकाश आफू जन्मेको ठाउँ विशेष गरी रूकुम रोल्पाका जनजीवन, रहनसहन तथा सँस्कतिलार्इ विषयबस्तु बनाएर कथानक श्रंखलाबध्द मूर्तिहरू कुँद्ने योजनामा छन् अगामी दिनमा । सरल स्वभावका प्रकाश, नाम जस्तै कलामा ‘प्रकाश’ छर्न चाहान्छन् प्रकाश । कलाका भोका यिनै उदीयमान मूर्तिकार प्रकाश पुन मगरको लागि पराकिलो छाती भएका सहयोगी हातहरूको जरूरी छ आज ।

संपर्कः
प्रकाश पुन मगर
फोन नंबरः ९८१०२०५९६१
र्इमेलः[email protected]
फेसबुकः Sculptor Pun

यसमा तपाइको मत

अन्य समाचार